राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले राम्रो काम नगर्ने छनक देखेपछि आफूहरु प्रतिपक्षमा गएको बताएका छन्।
‘प्रधानमन्त्रीले सरकारमा आउनुस्, पूर्ववत् मन्त्रालय लिएर काम गरौँ भनेको पनि हो। तर सरकारको गति देखेर जान मन लागेन’, उनले भने, ‘मन्त्रिमण्डल विस्तारदेखि न्यूनतम् साझा कार्यक्रम हेर्दा सरकारले गरिखाने देखिएन। यो ढंगले जाने हो भने काम हुँदैन भन्ने हाम्रो निष्कर्ष हो।’
उनले प्रधानमन्त्री प्रचण्ड र गठबन्धनका अन्य नेताहरुले पनि रास्वपा सरकारमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा राखे पनि अब प्रतिपक्षमा बस्ने बताए।
‘अब हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। हामी प्रतिपक्षमा गएका छौँ। संगठन निर्माणमा हामी लाग्नुपर्ने हुन्छ’, उनले भने, ‘देशमा स्थिरताको अवस्था आयो भने हामी सरकारमा फर्किन्छौँ। हामी सत्ताका लागि जे पनि गर्ने पक्षमा छैनौँ। जनताले प्रतिपक्षमा बस्न दिएको म्यान्डेटलाई अघि बढाएर काम गर्छौँ।’
Shares
प्रतिक्रिया