नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरणमा संलग्न आरोप लागेका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छानबिनका लागि पार्टीले सहयोग गर्ने बताएका छन्।
प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले सचिव रायमाझीबारे अनुसन्धानमा पार्टी बाधक नबन्ने बताएका हुन्।
‘टोपबहादुर रायमाझीजीको संग्लनताको प्रश्न उठेको छ’, उनले भने, ‘त्यसलाई छानबिन गर्ने कुरामा नेकपा एमाले जहिले पनि सहज बन्छ, असहज बन्दैन।’
उक्त प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी गरिएको रायमाझी हाल सम्पर्कविहीन छन्। उनलाई प्रहरीले खोजिरहेको छ। उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।
एमाले नेता बस्नेतले उक्त प्रकरणमा जोडिएका कसैले उन्मुक्ति पाउन नहुने पनि बताए।
87
Shares
प्रतिक्रिया