ad ad

राजनीति


केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्‍यो १० एजेन्डा

केन्द्रीय सदस्यहरुलाई वर्षमा एक पटक अर्को भूगोलमा खटाइने
केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्‍यो १० एजेन्डा

केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
बैशाख २६, २०८० मंगलबार १८:२६, काठमाडौँ

यही वैशाख २८ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकका लागि नेकपा एमालेले १० वटा एजेन्डा तय गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठक १० वटा एजेन्डा तय गरेको जानकारी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

उनका अनुसार मंगलबारको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि विस्तृत छलफल भएको छ। 

‘पहिलो एजेन्डाका रुपमा २०७९ भदौ १० र ११ गते बसेको केन्द्रीय कमिटी बैठकयताका राजनीतिक परिवर्तन र घटनाक्रमबारे कुरा भयो’, उनले भने, ‘यसबीचमा मंसिरमा चुनाव भएर एमाले नेतृत्वको गठबन्धनको सरकार ६० दिनमै ढलेर नयाँ बनेको छ।’

दोस्रो एजेन्डाका रुपमा यसबीचमा पार्टीका सचिवालय बैठकबाट भएका महत्वपूर्ण निर्णयहरुको अनुमोदन रहेको पनि गुरुङले बताएका छन्। 

उनका अनुसार तेस्रो एजेन्डाका रुपमा अनुशासन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटीमा प्रतिवेदनसहित आफ्ना कुरा राख्ने रहेको छ।

त्यसैगरी २ महिनासम्म चलेको मिसन ग्रासरुट अभियानको पनि विस्तृत समीक्षा तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा हुनेछ।

‘अर्को एजेन्डाका रुपमा सातवटा भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको प्रतिवेदन पेश हुन्छ’, गुरुङले अगाडि भने, ‘प्रदेशहरुले मिसन ग्रासरुटको समीक्षासहित प्रतिवेदन पनि बनाउने छन्।’

गुरुङका अनुसार प्रदेशको वार्षिक कार्ययोजना निर्माण पनि एजेन्डाका रुपमा रहेको छ। त्यस अगाडि मिसन ग्रास रुटलाई पनि आधार मानेर वार्षिक कार्ययोजना बनाइने गुरुङले जानकारी दिए। 

एमालेले अब केन्द्रीय कमिटी सदस्यहरुलाई वर्षको एक पटक फरक भूगोलमा खटाउने भएको छ। 

‘अर्को एजेन्डाका रुपमा हालीले वर्षमा एक पटक सबै केन्द्रीय सदस्यहरुलाई एक भूगोलबाट अर्को भूगोलमा पठाउने भएका छौँ’, उनले भने।

त्यसैगरी केन्द्रीय कमिटी बैठकका लागि समसामयिक राजनीतिक प्रस्तावसहित अन्य एजेन्डामा पनि विस्तृत छलफल हुने गुरुङले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .