ad ad

समाज


नक्कली शरणार्थी प्रकरणमा थप दुईजना बिचौलिया पक्राउ

नक्कली शरणार्थी प्रकरणमा थप दुईजना बिचौलिया पक्राउ

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८० मंगलबार १८:३१, काठमाडौँ

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन्।

काठमाडौंको टोखाका रामशरण केसी र मोरङको बेलबारीका गोविन्द चौधरी पक्राउ परेका हुन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार शंखमुलबाट पक्राउ गरेका दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडौं परिसर बुझाइएको छ। 

यससँगै भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।

अझै १० जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। तर उनीहरु फरार छन्। फरार हुनेमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत छन्। 

यसअघि पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप पक्राउ परेका छन्। 

त्यसअघि ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .