ad ad

राजनीति


नक्कली शरणार्थी प्रकरणमा ओली : एमालेका जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्छ

नक्कली शरणार्थी प्रकरणमा ओली : एमालेका जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्छ

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १२:६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोसुकै जोडिए पनि कारबाही हुनु पर्ने बताएका छन्।

केन्द्रीय कार्यालय च्यासलमा सुरु केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

एमालेका सचिव टोपबहादुर रायमाझी र आफू प्रधानमन्त्री हुँदा सरकारी भूमिकामा रहेका केही व्यक्ति जोडिएको सन्दर्भमा ओलीले जोसुकै जोडिए पनि कारबाही हुनुपर्ने बताए। 

‘नक्कली शरणार्थी प्रकरणमा हाम्रै पार्टीमा भएका साथीहरुको पनि नाम आएको छ। हिजो हाम्रै सरकारमा रहेका साथीहरुको पनि आएको छ’, उनले भने,  ‘हाम्रै पार्टीका जोसुकै संलग्न भए पनि यस प्रकरणमा दोषीलाई कारबाही हुनु पर्छ।’

तर उनले यो प्रकरणमा केही व्यक्तिलाई फसाउने प्रयास पनि भइरहेको आरोप लगाएका छन्। 

‘हामी हेरिरहेका छौँ, कहीँ कतै कसैलाई फसाउने पनि काम पनि भइरहेको छ’, उनले भने, ‘बलजफ्ती अर्कातिर गएको सुई एकातिर मोड्ने कोसिस पनि भइरहेको छ।’

उनले अहिले एमालेकाविरुद्ध फेरि निराधार वैमनश्यता सिर्जना गर्न खोजिएको पनि बताएका छन्। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .