राष्ट्रपति कार्यालयमा अड्किएको नागरिकता विधेयक प्रमाणीकरणका लागि सत्तारुढ नेपाली कांग्रेसले छलफल थाल्ने भएको छ।
सभापति शेरबहादुर देउवा निवासमा बिहीबार दिउँसो बसेको वर्तमान र पूर्वपदाधिकारीहरुको छलफलबाट विधेयकबारे कानुनविदहरुसँग परामर्श गर्ने निष्कर्ष निकालेको हो।
बैठकपछि बोल्दै कांग्रेस सहमहामन्त्री जीवन परियारले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरणका लागि पहल थाल्ने बताए।
‘राष्ट्रपतिको कार्यालयमा नागरिकता विधेयक रोकिएको छ। केही दिनअघि प्रधाननमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ता र पूर्वमहान्यायाधिवक्तासँग छलफल गर्नु भएको छ’, उनले भने, ‘यसअघि राष्ट्रपतिले विधेयकलाई किन प्रमााणीकरण गर्नु भएन? अब नागरिकता विधेयकमा कानुनविद्सँग छलफल चलाउने तयारी गरेका छौँ।’
543
Shares
प्रतिक्रिया