उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखहरूको भर्चुअल बैठकलाई सम्बोधन गरेका छन्।
आइतबार सिंहदरबारस्थित मन्त्रालयबाट बैठकलाई सम्बोधन गर्दै उनले दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतीमा गुणात्मक परिवर्तन गर्न निर्देश गरेका छन्।
उपप्रधानमन्त्री श्रेष्ठले हाम्रो प्राथमिकतामा गरिब र उत्पीडित पर्छन् कि पर्दैनन्? भन्ने प्रतिप्रश्न गर्दै अबको कार्यसम्पादनको मुल्यांकनको आधारको रुपमा यसलाई लिईने स्पष्ट पारेका छन्। साथै, सो विषयलाई सामान्य निर्देशनको रुपमा मात्र नलिका लागि आग्रह समेत गरेका छन्।
विपद्को पूर्व तयारी, शान्ति सुरक्षाको स्थिती, मिटर ब्याज (अनुचित लेनदेन), सीमा सुरक्षा लगायतका इस्युमा आवश्यक निर्देशन समेत दिएका छन्।
७७ जिल्लाको तर्फबाट सम्बन्धित प्रदेशका राजधानी भएका जिल्लाका प्रमुख अधिकारीले रिपोर्ट प्रस्तुत गरेका थिए भने सुरक्षा निकायका प्रमुखहरू, विपद प्राधिकरणका सिईओ र मन्त्रालयका सचिव दिनेश भट्टराईले समेत सम्बोधन गरेका थिए।
Shares
प्रतिक्रिया