नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नक्कली शरणार्थी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धानमाथि प्रश्न उठाएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन्।
‘नक्कली शरणार्थी प्रकरणलाई सरकारले राम्रोसँग टुंग्यायो भने प्रशंसा हुन्छ’, उनले भने, ‘यो राज्यविरुद्धको अपराधमा संलग्न एक एक मान्छेलाई कारबाही हुनुपर्छ। दूधको दूध पानीको पानी हुनुपर्छ। तर सरकारले गरेको अनुसन्धान प्रक्रिया फेयर भएन भने,लक्पाकयो भने विकल्प खोजी हुन्छ, जनताले हेरिरहेका छन्। यदि त्यस्तो भयो भने फेरि प्रश्न उठ्छ र विकल्पको खोजी हुन थाल्छ।’
उनले यो प्रकरणमा समाजका कोको परे, को को परेनन् भन्ने कुराले लाज पनि लजाउन थालेको बताए।
‘हाम्रा वरिपरिका मानिस तानिने होकि भन्ने भएको छ। चाहे त्यो सलाम गर्ने होस् या सलामी खाने होस्। सरकारको परीक्षा पनि छ। अब न्यायालयको परीक्षा सुरु हुन्छ, न्यायको अनुभूति हुनुपर्छ’, उनले भने, ‘राज्यविरुद्धको अपराधमा संलग्न एक एक मान्छेमाथि कारबाही हुनुपर्छ।’
कांग्रेस महामन्त्रीसमेत रहेका थापाले घरको या बार्दलीको जहाँसुकैको भए पनि छुट्न नहुने बताए। ‘आमनेपाली नागरिकले चाहेको पनि यही हो’, उनले भने, ‘सरकारले यसलाई कसरी टुंगोमा पुर्याउँछ, जनताले हेरिरहेका छन्।’
Shares
प्रतिक्रिया