राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरेका छन्।
शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमालेले आज संसद अवरुद्ध गर्नु आवश्यक नभएको बताए।
उनले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउनु नहुने बताए।
सांसद झाले नक्कली शरणार्थीको विषयलाई विषान्तर गर्न पशुपतिको जलारीको विषय ल्याइएको आशंका गरे।
उनले भने, ‘यो राजनीतिक एजेण्डा हो। यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजीराखेको एजेण्डा हो। सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो। त्यो भनेको नक्कली भूटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुनसक्छ। त्यसमा राजनीतिक दलहरुले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ। यो बाँधिएको कुराहरु हो।’
उनले कानुनी शासन सडकमा मात्रै नभएर सदनमा पनि लागू हुनुपर्ने बताए।
उनले भने, ‘सरकार पनि कानूनी परिवन्धमा बाँधिएको छ। नीति कार्यक्रम पारित गर्नु छ। कानूनी शासन भनेको सडकमा मात्र होइन, सदनमा पनि लागू हुन्छ। कानूनी प्रक्रिया अनुसार विधान, संविधानले जे भन्छ त्यो अनुसार अगाडी जानुपर्छ। यसलाई राजनीतिक मुद्दा बनायो भने यो लिगेसी बन्छ। गलत सम्झौता गर्ने लिगेसी बन्छ।’
Shares
प्रतिक्रिया