सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समयमा प्रस्तुत हुन नसकेको बताएका छन्।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम ढिला गरी प्रस्तुत भएको बताए। नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रस्तुत हुनेपर्ने समय निर्धारण गर्नुपर्ने उनले बताए।
उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछिको छोराछोरी जन्माउने बारेको छलफल जस्तोभएको टिप्पणी गरे।
‘हामीले फ्रिसँग नेपाली जनता, राष्ट्र, समस्याको विषयमा फ्रिसँग बोल्न पाउनुपर्ने हो। तर आज ठूला मान्यज्युहरुले बोल्दा मनपरी समय निर्धारण नहुने, सांसदले बोल्दा समय तोक्ने कुरा गलत छ,’ उनले भने, ‘यसलाई सच्याउनुपर्छ। आज हामी यो विषयमा छलफल गर्नु भनेको छोराछोरी जन्मिसकेका छन्, आज हामीले छोराछोरी जन्माउने बारेमा छलफल गरिरहेका छौँ, कुन विषय कहिले उठाउने यसमा कन्फर्म गरौँ नियमावलीमा करेक्शन गरेर भएपनि समय निर्धारण गरौँ।’
उनले सरकारले आवश्यक्ता हेरेर बजेट ल्याउनुपर्नेमा जोड दिए। उनले राजश्व नियन्त्रण गर्न नसकेको र मिलिजुली राजश्व छल्ने काम गरिहेको आरोप लगाए।
Shares
प्रतिक्रिया