ad ad

राजनीति


यो वर्षलाई चाहिने मल खरिद भइसकेको छ, संकट हुँदैन : कृषिमन्त्री भुसाल

यो वर्षलाई चाहिने मल खरिद भइसकेको छ, संकट हुँदैन : कृषिमन्त्री भुसाल

नेपालखबर
जेठ २७, २०८० शनिबार २१:२२, काठमाडौँ

कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मल खरिद गरिसकेको बताएका छन्।

शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन्।

सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको र केही भने आउन बाँकी रहेको पनि उनले बताए।

उनले मलका लागि ठूलो संकट नहुने पनि बताए।

‘सरकारमा हामी दुई वटा मन्त्रालय लिएर बसेका छौँ। वास्तवमा भन्ने हो भने हामी त्यहाँ निर्णयक छैनौँ भन्दा पनि हुन्छ। हामी आफैँले लिएको मन्त्रालयभित्रै कति काम गर्नसक्यौँ। सक्छौँ भन्ने पहल गर्ने हो,’ मन्त्री भुसालले भने, छकृषिमन्त्रालयको हिसावले हेर्दा कृषि क्षेत्रको विकासका लागि केही पहल गरौँ भनेर केही निर्णयहरु अघि बढाएका छौँ। सधैँभर मलको हाहाकार हुने भएकाले मलको निम्ति बजेटको सुनिश्चितता नै प्रमुख कुरा हो, बजेटको सुनिश्चितता नभएकाले नै यो समस्या आइरहेको थियो, त्यसलाई अन्त्य गर्न बजेट पारित भएपछि नै मल सुनिश्चितता हुनेगरी बजेट निकासा गर्न लगाएका छौँ।’

कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले काम गरिरहेको र मलमा बजेटको सुनिश्चितता गरिएको मन्त्री भुसालको भनाइ छ। 

मन्त्री भुसालले आफ्नो पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णयक भने नभएकाले आफ्नो हिसाबले काम गर्न नसकेको पनि बताए। 

मन्त्रालयले बाँझो रहेको जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम भएको मन्त्री भुसालले बताए।

कृषिको बजारीकरण, औद्योगिकरणको समस्या् समाधानका लागि पहल पहल गरिएको पनि उनले बताए।

‘यो वर्ष चाहिने जति मल खरिद गरि सकिएको छ। केही आइसकेको छ, केही आउने क्रममा छ। धेरै ठूलो संकट पर्दैन। हाम्रो धेरै जमिन बाँझो छ, त्यो बाँझो जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम गरेका छौँ,’ मन्त्री भुसालले भने, ‘यसभन्दा पहिला भएको थिएन। कृषिको बजारीकरण, औद्योगिकरणको समस्या समाधानका लागि पहल पहल गरिएको छ।’

मन्त्री भुसालले बाँझो जमिनको उपयोग बढाउने नीति लिएर आफूले काम गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .