ad ad

राजनीति


उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत भोल्कबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत भोल्कबीच शिष्टाचार भेट

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १९:२८, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेट भएको छ। 

बिहीबार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदुत भोल्कबीच शिष्टाचार भेटघाट भएको हो।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको र अस्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिए।

राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको  लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अस्ट्रेलिया जस्तो देशबाट साथको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। 

राजदुत भोल्कले भने नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूलाई खुशी लागेको पनि बताए।

त्यस्तै, उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि बंगलादेशका राजदुत सालाउद्दिन नोमन चौधरीबीच भेटवर्ता भएको छ।

भेटमा नेपाल र बंगलादेशबीचको सधैँको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत प्रशारण लाइन सम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुङ्गा सावित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए। 

साथै, दुईदेशबीच व्यापार सम्झौतामा समेत काम भइरहेको आफूले बुझेको  बताए। 

राजदूुत चौधरीले पनि द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत प्रशारण लाइन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .