केन्द्रमा बनेको समाजवादी मोर्चा जिल्ला तहमा पनि विस्तार हुन थालेको छ। शुक्रबार ललितपुरमा चार दलले मोर्चा बनाउने निर्णय गरेका छन्।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टीका नेताहरू ललितपुरको लगनखेलमा बैठक बसेर एकतावद्ध हुँदै क्रियाशील हुने निर्णय गरेको माओवादी केन्द्रका ललितपुर संयोजक शिव कट्टेलले जानकारी दिए।
समाजवादी मोर्चा देशको आवश्यक्ता रहेको उल्लेख गर्दै सो निर्णयको स्वागत गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।
गत ५ असारमा काठमाडौंको राष्ट्रियसभा गृहबाट समाजवादी मोर्चा घोषणा गरिएको थियो। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सहितको मोर्चा बनाउने तयारी भएपनि अन्तिम समयमा नेसपा मोर्चामा समावेश भएको थिएन।
48
Shares
प्रतिक्रिया