ad ad

राजनीति


राजेन्द्र राईलाई मुख्यमन्त्री कार्कीको आग्रह : सपनामा देखेको एमालेमा तपाईंको आवश्यकता छ, फर्किनुस्

राजेन्द्र राईलाई मुख्यमन्त्री कार्कीको आग्रह : सपनामा देखेको एमालेमा तपाईंको आवश्यकता छ, फर्किनुस्

फाइल तस्बिर


नेपालखबर
असार १५, २०८० शुक्रबार १२:४७, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वमुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सचिव राजेन्द्रकुमार राईलाई नेकपा एमालेमै फर्किन आग्रह गरेका छन्।

विश्वासको मतका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हु्न्।

एकीकृत समाजवादीका सचिवसमेत रहेका राईले बिहीबार प्रदेशसभालाई सम्बोधनका क्रममा अहिले पनि बोल्दा सुत्दा एमाले नै देख्ने बताएका थिए। 

उनले सपनामा पनि एमालेमै रहेक बोलिरहेको देख्ने गरेको बताएका थिए। त्यसकै जवाफमा कोशीका मुख्यमन्त्रीसमेत रहेका कार्कीले राईको एमालेमा ठूलो योगदान रहेको बताए।

‘एमाले निर्माणमा यहाँको ठूलो योगदान र भूमिका छ। विद्यार्थीकालमा आन्दोलन गर्दा हामी कुटिएका छौँ, पक्राउ परेका छौँ’, उनले भने, ‘अहिले पनि एमालेमा तपाईंको आवश्यकता छ। अहिले पनि म एमालेमा तपाईंलाई स्वागत गर्न तयार छु। त्यसका लागि वातावरण निर्माणमा लाग्छु। एमालेमा कसैलाई हेला होचो हुँदैन फर्किनुस्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .