ad ad

खेल


मलेसियामाथि नेपालको सानदार जित

मलेसियामाथि नेपालको सानदार जित

नेपालखबर
असार १५, २०८० शुक्रबार १२:५१, काठमाडौँ

अशोक धामीको अलराउण्डर प्रर्दशनमा एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियामाथि ८४ रनको फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको छ।

जितसँगै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्यान्डमाथि २ सय ५५ रनको सानदार जित दर्ता गरेको थियो।

नेपालले दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाइल्याण्ड ४४ रनमै अल आउट भएको थियो।

नेपालसँग पराजित भएपनि मलेसिया समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ। मलेसियाले पहिलो खेलमा थाइल्याण्डलाई १ सय १८ रनले हराएको थियो।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रन जोड्दा अलआउट भयो।

मलेसियालाई कम स्कोरमा रोक्न नेपालका अशोक धामी एक्लैले चार विकेट लिए। अविशेक तिवारीले तिन तथा सन्तोष यादवले २ विकेट लिए। कृतिक कामतको नाममा एक विकेट रह्यो।
घातक बलिङ गरेका अविशेकले ७ ओभरमा १४ रन दिए।

त्यसअघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अलआउट भयो।

एक समय ९१.७ को अवस्थामा रहेको नेपाललाई आठौं विकेटका लागि अशोक धामी र नरेनले ४५ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स उकासेका थिए। अशोकले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए। नरेन भट्ट २९ रनमा आउट भए।

सूर्यांशु कोइरालाले २९ र कृतिक कामतले १६ र दिपु कुमारले १५ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए। मोहम्मद फातुलको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .