मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपनि पीडितहरूले अहिले संसद भवन अगाडि आन्दोलन र धर्ना दिइरहेकाबेला उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैँ वार्ता गर्ने भएका छन्।
नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि अध्यादेश निष्क्रिय भएको थियो।
संसद अवरुद्ध भएकै कारण विधेयक निष्क्रिय भएपछि पीडितहरु आक्रोशित भएर फेरि काठमाडौंमा धर्ना दिन आइपुगेका हुन्।
अहिले संसद बैठक लगत्तै उनी पीडितहरु भएकै ठाउँमा पुगेर वार्ता गर्ने उनको सचिवालयले जनाएको छ।
संसद बैठक ३ बजे बस्ने तय भएको छ। आजै संसदमा मिटरव्याज सम्बन्धि विधेयक प्रक्रियामा लैजाने तयारी थियो।
33
Shares
प्रतिक्रिया