नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ११ महिनापछि बस्दैछ।
केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजेपछि बस्ने गरी तोकिएको बैठकमा सहभागी हुन नेताहरु पुगिरहेका छन्।
लामो समयपछि बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकका लागि कांग्रेसले १० बुँदे एजेन्डा तय गरेको छ।
यो बैठकलाई लाइभ गर्ने तयारी छ। नेताहरु बैठकमा सहभागी हुन उत्साहित हुँदै सानेपा पुगेका छन्।
66
Shares
प्रतिक्रिया