ad ad

राजनीति


भ्रष्टाचारविरुद्ध सरकार सक्रिय छ : देवेन्द्र पौडेल

भ्रष्टाचारविरुद्ध सरकार सक्रिय छ : देवेन्द्र पौडेल

नेपालखबर
साउन ६, २०८० शनिबार १९:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सचिव तथा नेपाल सरकारका पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले वर्तमान सरकराले भ्रष्ट्राचार विरुद्दको अभियान थालेको बताएका छन्। उनले कसैको दबावमा नपरी काम गरेको भन्दै वर्तमान सरकार आएपछि भ्रष्टाचारी र सुदखोरीहरू डराएको बताए।

उनले सरकारले सुशासनको एजेण्डा बोकेपछि आर्थिक चलखेल गर्ने र कानूनको छिद्र खोजेर अनियमितता गर्नेहरुले सरकार विरुद्धको आवाज उठाएको पनि बताए। उनीहरूको उक्साहटमा लागेर केही राजनीतिक दलका नेता कार्यकर्ताले पनि सरकार विरोधी धारणा बनाएको बताए।

उनले अहिले सम्म संस्थागत रुपमा कुनैपनि दलले सरकार विरुद्धको अभियान नचलाएको बताए। 

‘एकादुई जनाले कतै व्यक्तिगत रुपमा बोलेपनि संस्थागत रुपमा यो गठबन्धन विरुद्ध पनि आवाज आएको छैन’, उनले भने, ‘सरकारले भ्रष्टाचार विरुद्ध अभियान चलाएको कसैलाई मन नपरेको हुन सक्छ।’

तर संस्थागत रुपमा कसैले सरकारको बिरो गरेमा पनि केही फरक नपर्ने उनले बताए ।

प्रेस सेन्टर नेपाल, बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा बोल्दै पौडेलले लामो समय अलपत्र परेका शिक्षा ऐन, संघीय निजामती ऐन लगायतका कानून आउने पनि बताए। 

मिटरब्याजीविरुद्धको विधेयक पास भएको र अन्य धेरै समस्याका समाधानमा सरकारले काम गरेको बताए। उनले प्रधानमन्त्रीको दलको सचिवको नाताले धेरै काममा दलको अपनत्व भएको पनि बताए।

उनले हाल जिल्लामा बल्झेको इमेज सहकारी र शिव शिखर सहकारीको समस्या समाधानमा प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिले साथ दिने पनि बताए। 

‘हामीले भनेका छौं, प्रशासन पनि तातेको छ’ उनले भने, ‘पीडितको उजुरी ढिला आएकोले कतिपय अनुसन्धान, पक्राउ पुर्जी जारी लगायतका काम ढिला भएको रहेछ,’ उनले भने।

इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली जेठ ५ गते देखि फरार छन्।

यस अघि जिल्ला अदालत बागलुङले पिडितको पक्षमा हुने गरी सञ्चालक समितिका पदाधिकारी विरुद्ध पक्राउ पुर्जी जारी गर्नुको साथै थुनामा राख्ने आदेश दिएको छ।

१ हजार ५ सय ४३ जनाले दिएको मुद्दाको आधारमा १ अर्ब ३० करोड बढी हिनामिना भएको ठहर सहित प्रहरी र सरकारी वकिलको कार्यालयले अदालतमा नेपाली सहितका सञ्चालन विरुद्ध मुद्दा दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .