ad ad

राजनीति


प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवबीच इटालीमा भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवबीच इटालीमा भेटवार्ता

नेपालखबर
साउन ८, २०८० सोमबार १८:२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´सँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सोमबार इटालीको रोममा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली-२०२३ सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको हो। 

सम्मेलनमा सम्बोधनपछि प्रचण्डसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो साढे १ बजे महासचिव गुटर्रेसको भेटवार्ता भएको हो।

भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .