पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो।
ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै मन्त्रालयले सहकारी व्यवस्थापन समितिको कार्यालयलाई पत्राचार गरेको छ।
मन्त्रालयले २८३ बचतकर्ताको ५० करोड ३० लाख भन्दा बढी रकम फिर्ताका लागि विभागमा निवेदन परेको जनाएको छ।
सहकारी विभागले गत फागुन २९ गते समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो।
141
Shares
प्रतिक्रिया