नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी छ। बुधबारबाट काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन्।
बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगठानिक प्रतिवेदनमाथि नेताहरूले धारणा राखिरहेका हुन्।
सबै सदस्यहरूलाई बोल्न ५ मिनेटको समय उपलब्ध गराइएको छ।
केन्द्रीय समिति बैठकमा ठाँटिएका माओवादी नेताहरू (तस्बिर)
साउन २१ गतेसम्मका लागि तय भएको बैठकको पहिलो दिन १८ र दोस्रो दिन ५६ जनाले धारणा राखेका छन्। बिहीबार बैठकमा धारणा राख्नका लागि १५० जना केन्द्रीय सदस्यहरूले नाम टिपाएका थिए।
जसमध्ये बाँकीले आज धारणा राखिरहेका छन्। आजको बैठकमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्यहरू लेखनाथ दाहाल, कुमार पौडेल, मुक्ति प्रधान लगायतका नेताहरूले बैठकमा धारणा राखेका छन्।
शुक्रबार बैठकका तस्बिरहरूः
Shares
प्रतिक्रिया