संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछ।
प्रतिनिधि सभाको एक र राष्ट्रिय सभाका दुई समितिले मंगलबारका लागि बैठक बोलाएका हुन्।
त्यसैगरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि आज बस्दैछ।
बिहान ११ बजेका लागि बोलाईएको विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गर्दैछ। बिहान ११ः३० बजेका लागि बोलाईएको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा छलफल हुने समिति सचिवालयले जनाएको छ।
27
Shares
प्रतिक्रिया