ad ad

राजनीति


जनार्दनको प्रश्न- म र वर्षमानमध्ये एकजना महासचिवमा मान्छौं भनेका थियौं, किन नयाँ प्रस्ताव ल्याइयो?

जनार्दनको प्रश्न- म र वर्षमानमध्ये एकजना महासचिवमा मान्छौं भनेका थियौं, किन नयाँ प्रस्ताव ल्याइयो?

शनिबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उपमहासचिव शर्मा (तस्बिर : प्रदीपराज वन्त)


नेपालखबर
साउन २०, २०८० शनिबार १७:४२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको महासचिव चयन गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै शर्माले वर्षमान र आफूमध्ये जसलाई महासचिव बनाए पनि मान्य हुने भन्दा पनि नयाँ प्रस्ताव ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन। 

उपमहासचिव शर्माले आफूहरुले मान्छौं भन्दापनि नयाँ प्रस्ताव ल्याएर अनेकन् प्रचारबाजी भएको बताए।

 ‘हामी दुईजनामध्ये महासचिव जो भएपनि मान्छौं भनेका थियौं,’ बैठकमा  शर्माले राखेको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘सोही प्रस्तावलाई सहज रुपमा स्वीकार गर्दा पनि अनेकौं प्रचारबाजी गरियो। अनि यसलाई हामीले कसरी बुझौं?’

उनले संकटमा हुँदा सधैं अध्यक्षमा पक्षमा रहेको भन्दै बाहिर अनेक प्रकारका भ्रमहरू सिर्जना खोजिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .