ad ad

राजनीति


लिम्बुवानको बन्दमा जसपाको ऐक्यवद्धता

लिम्बुवानको बन्दमा जसपाको ऐक्यवद्धता

नेपालखबर
साउन २०, २०८० शनिबार १८:२९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले साउन २२ गते आव्हान गरिएको लिम्बुवान बन्दप्रति ऐक्यवद्धता जनाएको छ।

लिम्बुवानको सार्वभौमिकता गुमेको दिनलाई स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले सोमबार आव्हान गरेको लिम्बुवान बन्द कार्यक्रमप्रति जसपासम्बद्ध लिम्बुवान राष्ट्रिय समितिले शनिबार विज्ञप्ति जारी गरी समर्थन र ऐक्यवद्धता जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राज्य सत्ताले लिम्बुवानी जनताको दावीबमोजिम लिम्बुवान स्वायत्त राज्य हुन नदिने भनि पटकपटक सम्झौता गर्दै धोका दिदैँ आएको छ। वि.सं १८३१ साल साउनमा तात्कालिन स्वतन्त्र मुलुक लिम्बुवान र गोर्खाबीच लालमोहर सन्धी भई सर्तसहित नेपाल राज्यमा बस्न लिम्बुवान राजी भएको इतिहास छ।’

साथै विज्ञप्तिमा राज्यले लालमोहर सन्धी अनुसारका सर्त र प्रतिवद्धताहरु पालन नगरेको र लिम्बुवानमाथिको औपनिवेशिकतालाई झन तिव्रता दिएकोले त्यसको विरुद्धमा आन्दोलन चर्किदै गएको बताइएको छ।

जसपाले पहिचानवादी लिम्बुवान आन्दोलनकर्मी सबैमा लिम्बुवान बन्द सफल बनाउन अपिल गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .