ad ad

राजनीति


योगेशको प्रस्ताव- उच्चस्तरीय छानबिन समिति बनाउन ह्वीप नलगाइ भोटिङ गरौं

योगेशको प्रस्ताव- उच्चस्तरीय छानबिन समिति बनाउन ह्वीप नलगाइ भोटिङ गरौं

नेपालखबर
साउन २३, २०८० मंगलबार १६:३७, काठमाडौँ

नेकपा एमालेका सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन संसद्मा भोटिङ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद भट्टराईले भोटिङ गराउँदा समिति बनाउन हुँदैन भन्ने आयो भने एमालेको आन्दोलन त्यही दिन स्थगित हुने पनि उनले बताए। 

‘मेरो प्रस्ताव छ, यदी यसमा छानविन समिति बनाउन हामी कोही सहमत छौं, कोही छैनौं भने कुनैपनि पार्टीले ह्वीप नलगाऔं,’ उनले प्रस्ताव अघि सार्दै भने, ‘म प्रस्ताव राख्छु, माननीय सभामुखजीले भोटिङ गराउनुस् यदी यो संसद्ले छानबिन समिति बनाउन हुँदैन भन्छ भने एमालेको आन्दोलन त्यही दिन स्थगित हुन्छ।’

साथै, उनले प्रतिपक्षी बेन्चको एकमत रहेको पनि दाबी गरे।

‘म चुनौतीका साथ भन्छु, प्रत्येक माननीय ज्यूहरुलाई छातिमा हात राखेर यो विषयमा प्रवेश गरौं,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .