ad ad

राजनीति


१३ दिनपछि बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

१३ दिनपछि बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विराेध जनाउँदै नेकपा एमालेका सांसदहरु (तस्बिर : रासस)


नेपालखबर
साउन २३, २०८० मंगलबार १९:३२, काठमाडौँ

१३ दिनपछि बसेको लप्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी भोली (बुधबार) दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जबाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा एमालेले संसद्मा नाराबाजी गरेपछि आजको बैठक स्थगित भएको हो। 

उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसद्हरूले नाराबाजी गरेका थिए।

‘माननीय गृह मन्त्री ज्यूूले बोलिसकेपछि साउन २ गते देखि हामीले उठाइरहेका विषयका सन्दर्भमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने गरी उहाँले आफ्नो विषयलाई सम्बोधन गर्नुहुनेछ भनेर सरकारको तर्फबाट प्रतिवद्धता जनाउनुहुने भन्ने विश्वास थियो,’ उनले भने, ‘धैर्यताका साथ हामीले उहाँका विषयवस्तुहरू सुन्यौं। तर, उहाँले बोलेका सबै अभिव्यक्तिहरु ८० प्रतिशत भन्दा बढि बाहिरका विषयहरू, राजनितिक प्रवचन दिनुभयो। हामीले उठाएको विषयमा सरकार गम्भिर हुन सकेन।’

बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन सहमति गठन नभएसम्म विरोध जारी रहने बताए। 

‘सरकार जबाफदेहीपूर्ण ढंगबाट प्रस्तुत हुन सकेन । सरकारको प्रभावमा सिआईबी राख्न खोजिएको छ। त्यसकारण स्वतन्त्र निष्पक्ष छानविन समितिको माग हामीले उठाएका हौं,’ उनले भने।

सरकारले प्रतिपक्षि दललाई दलाउन थकाउन खोजेको बताए।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची थियो। 

यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्रि धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, सदन समक्ष पेश गर्ने कार्यसूचि थियो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .