ad ad

राजनीति


नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा कांग्रेस सांसद शर्मा पक्राउ गरिएकाप्रति एमाले सांसदको आपत्ति

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा कांग्रेस सांसद शर्मा पक्राउ गरिएकाप्रति एमाले सांसदको आपत्ति

फाइल तस्बिर : सुनिल शर्मा


नेपालखबर
साउन २६, २०८० शुक्रबार १३:५७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले नक्कली शैक्षिक प्रकरणमा  नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरिएकामा आपत्ति प्रकट गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भनेर आवाज उठाइरहेका कांग्रेस सांसद शर्मालाई षड्यन्त्रपूर्वक समातिएको आरोप लगाइन्। 

उनले भनिन्, ‘सभामुख महोदयमार्फत म के भन्न चाहन्छु आज नेपाली कांग्रेसको माननीय सुनिल शर्माज्यू, जो सुनकाण्ठको भ्रष्टाचारीलाई पटकपटक उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ भनेर आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसाबबाट समातिएको छ? यो कानुनले पनि मिल्दैन, र, उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ, त्यसको घोर आपत्ति प्रकट गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .