ad ad

राजनीति


जाँदा जाँदै मोदीले भने : गठबन्धनको सरकार छ, मन्त्री छाड्न तयार छु

जाँदा जाँदै मोदीले भने : गठबन्धनको सरकार छ, मन्त्री छाड्न तयार छु

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार १८:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने गरेको छ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

मा‌ओवादीले उक्त निर्णय गर्न बोलाएको बैठकमा मन्त्री मोदी पनि सहभागी थिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलिसकेपछि उनले पनि बैठकमा आफ्ना भनाइ राखेका थिए। 

मोदीले गठबन्धनको संस्कार अनुसार आफू मन्त्री छोड्न तयार रहेको नेताहरुलाई बताए।

‘उहाँसँग सल्लाह गरेरै यो निर्णय भएको हो, निकै विचार विमर्श गरेर जनमतलाई माओवादीले लिएको मन्त्रालय जनमतलाई दिने निष्कर्षमा हामी पुगेका हौँ,’ माओवादी सचिव दीनानाथ शर्माले नेपालखबरसँग भने।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले देशका यावत समस्या समाधान आफूहरुले नै समाधान गर्नुपर्ने बताउँदै दत्तचित्त भएर लाग्न पनि भने। 

अब उक्त मन्त्रालय जनमत पार्टीकी अनितादेवी साहलाई दिइने भएको छ। जनमतले असार अन्तिममै उनलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .