ad ad

राजनीति


पार्टी बैठकमा प्रचण्डले भने- दोषी भए माओवादीकै नेता जेल जान तयार हुनू

‘भ्रष्टाचारविरोधी अभियानको सुरुवात माओवादीबाटै हुन्छ’
पार्टी बैठकमा प्रचण्डले भने- दोषी भए माओवादीकै नेता जेल जान तयार हुनू

नेपालखबर
साउन २८, २०८० आइतबार २०:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पछिल्लो समय थालेको भ्रष्टाचारविरोधी अभियानमा पार्टीकै नेताहरू परेपनि अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएका छन्। 

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री र पदाधिकारीहरूबीचको अनौपचारिक बैठकमा अध्यक्ष समेत रहेका प्रचण्डले आफ्ना नेताहरूको नाम जोडिएकोप्रति चासो राखेका हुन्। 

‘कहिले कृष्णबहादुर महराजी जोडिएको भनेर समाचार आउँछ, कहिले को नेता जोडिएको भनेर प्रचार हुन्छ,’ बैठकमा प्रचण्डले भने, ‘माओवादीका नामबाट जोडिएका सबैलाई ल्याएर छानबिन गर्नुस्।’

उनले दोषी देखिए पार्टीका ठूलै नेता भए पनि नछाड्ने चेतावनी दिए।

‘गृहमन्त्रीजी यहीँ हुनुहुन्छ, त्यसरी जोडिनुभएका नेताहरूलाई सीआईबी लगाएर छानबिन गर्नुस्। दोषी भए पार्टीका ठूलै नेता भए पनि छाड्दिँन, जेल जान तयार भएर बस्नू’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने।

उनले माओवादीबाटै शुद्धिकरणको अभियान सुरु गर्नुपर्ने बताए।

‘कोही कहीँ जोडिएको छ, हामी जोगाउँदैनौं, कारबाही गरिहाल्छौं। त्यसको सुरुवात माओवादीबाटै हुन्छ। माओवादी भएको, आस्था राखेको, फोटो खिचेको, चन्दा दिएको, सहयोग गरेको नाममा कहीँ कसैले नराम्रो काम गरेको छ भने यसपटक जोगाउँदैनौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .