नागरिक उन्मुक्ति पार्टी छाडेकी नेतृ तथा नायिका एलिजा गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छिन्।
आइतबार साँझ ओली निवास बालकोट पुगेर उनले ओलीसँगका तस्बिर सार्वजनिक गरेकी छिन्।
ओलीसँगको भेटपछि उनले ओलीलाई ‘बुवा’ सम्बोधन गर्दै राजनीति र समाजसेवा गर्ने चाहना र हुटहुटीमा मलजल पुगेको बताएकी छिन्।
‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता। भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ। बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ।’
747
Shares
प्रतिक्रिया