ad ad

राजनीति


प्रतिनिधिसभाको बैठक बस्दै, टोपबहादुर निलम्बन र सुनिल शर्मा रिहाबारे जानकारी गराइने

यस्तो छ आठबुँदे सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, टोपबहादुर निलम्बन र सुनिल शर्मा रिहाबारे जानकारी गराइने

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार १०:२५, काठमाडौँ

आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। 

संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने कार्यतालिका छ। 

आजको संसद् बैठकका लागि आठबुँदे सम्भावित कार्यसूची तयार पारिएको छ।

जसमा टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बन भएको जानकारी गराउनेदेखि प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा थुनामुक्त भएको जानकारी गराउनेसम्मका कार्यक्रम छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण एमालेका निलम्बित सचिव टोपबहादुर हिरासतमा छन् भने नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद शर्मा काठमाडौं जिल्ला अदालतको आदेशपछि शुक्रबार रिहा भएका छन्। 

सय किलो सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान राख्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर संसद् बैठक अवरोध गरिरहेका कारण टोपबहादुर निलम्बनबारे जानकारीलगायत थुप्रै काम/कारबाही रोकिइरहेका छन्।

आजका लागि तय सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरू पढेर सुनाउने,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने, मन्त्रिपरिषद्‌को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम पेस गर्ने, विषयगत समितिका सदस्यको नाम हेरफेर गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् प्रस्ताव पेस गर्ने पनि छन्। 

यसैगरी प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिका लागि पेस गर्ने पनि आजको सम्भावित कार्यसूचीमा छ। 

हेर्नुहोस् आठबुँदे सम्भावित कार्यसूची


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .