ad ad

राजनीति


ललिता निवासमा मेरो संलग्नता छैन, युरोप जाँदा भाग्यो भनेछन् : माधव नेपाल

ललिता निवासमा मेरो संलग्नता छैन, युरोप जाँदा भाग्यो भनेछन् : माधव नेपाल

युरोप भ्रमण सकेर फर्किएपछि नेपाल। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २९, २०८० सोमबार ११:५३, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। 

युरेपेली देशहरुको भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको बताए। 

कसैलाई मुआब्जा नदिई कानुनसम्मत जग्गा छुट्याएर काम गरेको उनले बताए। 

अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको बताउँदै पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमले आफू भागेको भ्रम फैलाएको आरोप लगाए। 

उनले आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्ने कुराले नभाग्ने बताए। 

नेपालले आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतीको सामना गरेर अघि बढ्ने बताए। उनले जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने पनि जवाफ दिएका छन्। 

अध्यक्ष नेपाल साउन २२ गते स्विजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) लगायत युरोपेली मुलुकको भ्रमणमा निस्किएका थिए।

तर साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो।

त्यही आदेशको भोलिपल्ट आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको उनले बताए। पूर्वनिर्धारित कार्यक्रमअनुसार विदेश भ्रमणमा भएको पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .