ad ad

राजनीति


काठमाडौंमा माओवादीको बागमती प्रदेश समितिको बैठक, प्रचण्डले गरे उद्घाटन

काठमाडौंमा माओवादीको बागमती प्रदेश समितिको बैठक, प्रचण्डले गरे उद्घाटन

नेपालखबर
साउन २९, २०८० सोमबार १४:२, काठमाडौँ

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ तयारीअन्तर्गत सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (सोमबार) बागमती प्रदेश समितिको बैठक आयोजना गरेको छ। 

माओवादी केन्द्रीय कमिटी बैठकको निर्णयाअनुसार उक्त ३ महिने अभियान आगामी भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिँदै छ। 

सोको तयारीका लागि आज काठमाडौंमा बागमती प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक राखिएको बागमती प्रदेशका सांसदसमेत रहेका माओवादी केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए। 

एक समारोहबीच प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन्। अहिले उनले सम्बोधन गरिरहेका छन्।

कार्यक्रममा पम्फा भुसाल, जनार्दन शर्मा, दीनानाथ शर्मा, बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शालिकराम जम्कट्टेललगायत माओवादी नेताहरूको उपस्थिति छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .