ad ad

राजनीति


आज पनि संसद्‌मा एमालेको नाराबाजी, भदौ ३ सम्मलाई सर्‍यो बैठक

आज पनि संसद्‌मा एमालेको नाराबाजी, भदौ ३ सम्मलाई सर्‍यो बैठक

नेपालखबर
साउन २९, २०८० सोमबार १५:१५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् अवरोध गरेको छ। सोमबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्। 

उनीहरुले संसदीय मर्यादा कायम गर, उच्चस्तरीय छानबिन समिति गठन गर लगायतका माग राख्दै संसदमा नाराबाजी गरिरहेको छ। 

एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मका लागि बैठक स्थगित गराएका छन्।

एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ। 

राजनीतिक दलका शीर्ष नेताहरूसँग सभामुखसहित पटक पटक छलफल भएपनि यो विषयमा सहमति जुट्न सकेको छैन। 

उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने एमालेको अडान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .