उपराष्ट्रपति रामसहायप्रसाद यादव एक हप्ताका लागि चीन भ्रमणमा गएका छन्। उनी सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गरेका हुन्।
चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात–निर्यात मेला’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार यही साउन ३१ देखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्न लागेका हुन्।
उनलाई बिदाइ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत विमानस्थल पुगेका थिए।
चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा सहभागी छन्।
Shares
प्रतिक्रिया