ad ad

राजनीति


बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार १८:१३, काठमाडौँ

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री प्रचण्डले गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका हुन्। 

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थित रहेको छ।

एक घन्टादेखि बालुवाटारमा बैठक जारी छ।

निरन्तर रुपमा भइरहेको संसद् अवरोध र सरकारका पछिल्ला कामहरूको बारेमा समीक्षा गर्नेगरी प्रधानमन्त्री प्रचण्डले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ। 

विमानस्थल परिसरबाट बरामद भएको सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले पटक पटक संसद् अवरोध गर्दै आइरहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .