ad ad

राजनीति


संसद् अवरोध गरेर एमालेले नाटक रच्यो : प्रदीप यादव

संसद् अवरोध गरेर एमालेले नाटक रच्यो : प्रदीप यादव

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार १८:५१, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदमाथि खेलवाड गरेको बताएका छन्।

सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेर संसदमाथि खेलवाड गरेको बताएका हुन्। 

उनले यतिखेर संसद अवरोध गर्नु जायज नभएको भन्दै संसद अवरोध गर्न एमालेले नाटक रचेको बताए। सुन तस्करी प्रकरणको छानबिन गर्न समिति बनाउनु आवश्यक नभएको उनको भनाइ छ।

‘संसद अवरोध प्रमुख प्रतिपक्षले गरेको छ। संसदलाई खेलवाडका रुपमा प्रमुख प्रतिपक्षले हेरेको छ। संसद जनताको प्रतिनिधित्व गर्ने संस्था हो। जनताको न्यायको मन्दिर हो,’ उनले भने, ‘समसामयिक मुद्दामा यहीँबाट बहशको थालनी हुन्छ। देशमा बाढी, पहिरोले धेरै जनधनको क्षति भएको छ। यो संसद चलाउनुको साटो संसद अवरुद्ध गर्नु जायज कुरा होइन।’ 

समिति बनाए प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको भएको बताउँदै उनले प्रहरीमाथि विश्वास गर्नुपर्ने बताए।

‘प्रमुख प्रतिपक्षले नाटक रचेको छ। छानबिन टोली बनाएर के गर्ने? खालि त्यो प्रतिवेदन थन्क्याएर राख्ने। अरु के हुन्छ नेपालमा? छानबिन टोली बन्छ। प्रतिवेदन थन्क्याएर राखिन्छ,’ उनले भने, ‘अरु कुनै काम हुन्छ र? अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको हो। गर्दैछ। प्रहरीमाथि विश्वास गरौँ।’

सांसद यादवले गौर हत्याकाण्डको विषयलाई उठाएर जसपामाथि षड्यन्त्र र घेराबन्दी गर्न खोजिएको पनि बताए। उनले तत्कालिन माओवादीको हठका कारण गौर हत्याकाण्ड भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .