ad ad

राजनीति


सत्ता गठबन्धन बैठकको निष्कर्ष- गौर हत्याकाण्डको फाइल ‘बन्द’ गरौं

सत्ता गठबन्धन बैठकको निष्कर्ष- गौर हत्याकाण्डको फाइल ‘बन्द’ गरौं

नेपालखबर
साउन २९, २०८० सोमबार १९:४२, काठमाडौँ

सत्ता गठबन्धनको बैठकले गौर हत्याकाण्डको फाइल बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ।

सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकले सो निष्कर्ष निकालेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले नेपालखबरलाई जानकारी दिए। 

बैठकमा गौर हत्याकाण्डको विषयमा छलफल भएको र अब यसलाई ‘क्लोज’ गरेर अघि बढ्नुपर्ने निष्कर्ष आएको उनले बताए। 

‘गौर हत्याकाण्डमा जो मारिए तीनलाई सहिद घोषणा गर्ने काम भइसकेको छ। तीनलाई क्षतिपूर्ती पनि राज्यले दिइसकेको छ,’ पाण्डेले भने, ‘गौर हत्याकाण्डमा अरु केही बाँकी नै छैन, यसलाई क्लोज गर्नुभन्दा बाहेक अरु बाँकी छैन।’

गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच गत साउन २३ गतेमात्रै पाँच बुँदे सहमति भएको थियो। 

सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवीले हस्ताक्षर गरेका थिए।

उक्त घटनाको विषयमा दर्ता भएका जाहेरी समेतलाई छानविन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउने सहमति पत्रमा उल्लेख गरिएको थियो।

सहमति सँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो। 

सशस्त्र द्वन्द्वका बेला २०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .