ad ad

राजनीति


मीनबहादुरलाई पक्राउ गर्न नपरे हुन्थ्यो भन्ने थियो, किर्ते नै उनीबाट सुरु भएछ : प्रधानमन्त्री

मीनबहादुरलाई पक्राउ गर्न नपरे हुन्थ्यो भन्ने थियो, किर्ते नै उनीबाट सुरु भएछ : प्रधानमन्त्री

नेपालखबर
साउन ३०, २०८० मंगलबार १६:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई नपक्रने हुन्थ्यो भन्ने भएपनि किर्तेको सुरुवात नै उनीबाट भएपछि पक्रिएको स्पष्टीकरण दिएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सीआईबीले मीनबहादुरबाटै किर्ते सुरु भएको बताएपछि पक्राउ गरिएको बताए। 

‘मीनबहादुरलाई नपक्रे हुन्थ्यो भन्ने हामीलाई थियो, किर्तेको सुरु नै मीनबहादुरबाट भएको हुनाले पक्रनुपर्छ भन्ने सीआईबीले भनेपछि लगेको हो। अब अदालतमा गएर छुट्नुहोला,’ प्रधानमन्त्री प्रचण्डले भने। 

ललिता निवास जग्गा प्रकरणमा प्रत्यक्ष संलग्न र सरकारी जग्गा व्यक्तिको नाममा लानेलाई मात्र कारबाही गर्न निर्देशन दिइएको पनि बताए। 

उनले बिजनेस सेक्टरलाई आतकिंत नगरी गठबन्धन जोगाउने कुरामा आफूहरु सचेत रहेको बताए।

साथै, उनले सत्ता गठबन्धनमा समस्या नभएको पनि बताए। ‘गठबन्धनमा समस्या छैन। कांग्रेस र माओवादीले गठबन्धनको पक्षमा स्ट्रङ डिसिजन गरेको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ छ। 

उनले गौर हत्याकाण्ड अनुसन्धानबाटै टुंगो लगाउने सहमति सत्ता गठबन्धनमा भएको पनि बताए। 

‘गौर काण्ड अनुसन्धानकै प्रक्रियाबाट टुंगो लगाउने सहमति भएको छ। अहिले मलाई थाम्न नसक्ने गरी प्रेसर भएको छैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .