ad ad

राजनीति


दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

च्यासलमा दुई नेताको वार्ता। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
साउन ३०, २०८० मंगलबार १७:१५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर ओलीलाई भेट गरेका हुन्। 

चितवनमा भएको १०औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका रावल त्यसयता च्यासल पुगेका थिएनन्। 

आफूसँग प्रतिस्पर्धा गरेपछि रुष्ट बनेका ओलीले उनलाई एमालेबाट किनारा लाउन खोजेका थिए।

२०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिएपनि रावल एमालेमै सक्रिय थिए। 

तर, उनलाई ओलीले कुनै भूमिका दिएका थिएनन्। गृहजिल्ला अछाममा सक्रिय रावल च्यासल पुगेसँगै अब एमालेको जिम्मेवारी पाउने अनुमान गरिएको छ।

ओलीले पछिल्लो समय पार्टी पदाधिकारी र असन्तुष्ट अन्य नेताहरूसँग पनि निरन्तर संवाद गर्दै आएका छन्।

आफ्ना कटु आलोचक रावलसँग ओलीको यो संवादलाई एमालेवृत्तमा सकारात्मक सन्देशको रुपमा चर्चा गर्न थालिएको छ।

दशौँ महाधिवेशनपछि पार्टी केन्द्रमा निष्क्रिय पूर्वउपाध्यक्ष रावललाई जिम्मेवारी दिने कुरामा लामो समय ओलीले आनाकानी गरेका थिए। 

ओलीसहित पार्टी नेतृत्वविरुद्ध तिखो आलोचना गरिरहेका उनी त्यहीकारण आफू निशानामा परेको  महसुस गरिरहेहा थिए।

यसअघि रावलको भूमिका पक्का गर्न एमालेले वार्ता टोली पनि बनाएको थियो।

३ वैशाखमा उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्ण थापाको वार्ता टोलीले रावलसँग छलफल गरेको थियो।

दुई पक्षबीच संवाद भएयता पहिलो पटक मंगलबार ‌‌ओलीले उनलाई च्यासल बोलाएका हुन्। यसअघिसम्म रावलले आफूलाई छलफलका लागि नबोलाएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .