ad ad

राजनीति


संसद्को अवरोध खुलाउन संवादलाई तीव्रता दिने सत्ता गठबन्धनको निर्णय

संसद्को अवरोध खुलाउन संवादलाई तीव्रता दिने सत्ता गठबन्धनको निर्णय

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार ११:४३, काठमाडौँ

सत्ता गठबन्धनले संसद्‌मा जारी अवरोध हटाउन संवादलाई तीव्रता दिने भएका छन्। 

बुधबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) मा बसेको सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठकले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेले निरन्तर गरिरहेको अवरोधबारे छलफल भएको हो। 

उनीहरूको बैठकले संसद्‌मा जारी गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँगको संवादलाई तीव्रता दिने निर्णय गरेको हो। 

‘संसद्‌मा जारी गतिरोध हटाउन प्रमुख प्रतिपक्ष दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँगको संवादलाई तीव्रता दिने निर्णय भएको छ’, बैठकमा सहभागी एक नेताले भने। 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए। 

हङकङबाट तस्करी गरी ल्याइएको सुन सम्बन्धमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। तर एमालेले सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति नै बनाइनुपर्ने माग राखी निरन्तर संसद्‌मा अवरोध गरिरहेको छ।

सरकारले भने सीआईबीलाई अनुसन्धान टु‌ंग्याउन दिनुपर्ने र अहिले उच्चस्तरीय समिति आवश्यक नभएकाे बताइरहेको छ। यसैगरी सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलले पनि सुनकाण्डको अनुसन्धानका लागि उच्चस्तरीय समिति आवश्यक नहुने निर्णय गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .