ad ad

राजनीति


संसद्‌ खुलाउने विषयमा बालुवाटारमा प्रधानमन्त्री–सभामुख भेटवार्ता जारी

संसद्‌ खुलाउने विषयमा बालुवाटारमा प्रधानमन्त्री–सभामुख भेटवार्ता जारी

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०८० शुक्रबार ९:४६, काठमाडौँ

संसद्‌मा जारी अवरोध हटाउने विषयमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भइरहेको छ। 

प्रधानमन्त्री र सभामुखबीच केही बेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा भेटवार्ता भइरहेको हो।

६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गर्दा संसद् बैठक सञ्चालन हुन सकेको छैन।  

अहिले सुन प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ। 

अवरुद्ध संसद् खुलाउने विषयमा प्रधानमन्त्रीले पनि दलहरूसँगको संवादलाई तीव्रता दिइरहेका छन्।  

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .