महोत्तरी जिल्लाका विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
माओवादीमा प्रवेश गर्नेहरूमा डा. अरुण ठाकुर, उज्वल ठाकुर, अभिषेक राउत, वसन्तकुमार तिवारी, रामनाथ महत्तो र सन्दीप ठाकुर छन्।
849
Shares
प्रतिक्रिया