ad ad

राजनीति


...त्यहाँ कोही माओवादी पर्‍यो भने पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

...त्यहाँ कोही माओवादी पर्‍यो भने पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०८० शनिबार १३:३७, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न प्रकरणमा दोषी देखिएका व्यक्तिलाई गठबन्धनले बचाउन खोजेको भन्ने कुरा सत्य नभएको बताएका छन्। दोषीलाई छुटाउन पार्टीको बैठकले निर्देशन दिन नमिल्ने उनको भनाइ छ। 

प्रेस सेन्टर कास्की समन्वय समितिले शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले उक्त धारणा राखेका हुन्। 

‘पार्टीहरूको बैठकले निर्देशन दिन मिल्ने कुरा होइन, त्यसकारण राजनीतिक दलहरूको बैठक, गठबन्धनको बैठक त्यसका लागि बसेको भन्ने कुरा नै सत्य होइन’, उनले भने, ‘सरकार वा गृह मन्त्रालय त्यसलाई स्वीकार गर्दैन।’ 

उनले तथ्य र प्रमाणले पुष्टि भए माओवादी नै भए पनि नछाडिने बताए। 

‘अनुसन्धानका क्रममा हामीले हेर्ने एउटा मात्रै कुरा हो– तथ्य, प्रमाणले कहाँ दोषी देखिन्छ, अपराधी देखिन्छ, त्योसम्म जाने। त्यसकारण त्यहाँ कोही माओवादी पर्‍यो भने पनि छुट्दैनन्। कोही कांग्रेस, एमाले, अरू कुनै पार्टीको हामीलाई मतलब छैन। कुनै नाता सम्बन्धको मतलब छैन’, उनले भने, ‘हामीलाई के मात्र मतलब छ भने तथ्य र प्रमाणका आधारमा दोषी देखिने नछुटोस्, निर्दोष नफसोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .