ad ad

राजनीति


महाधिवेशनमा उठाउनुपर्ने विषय बेमौसममा उठाउनु अनुपयुक्त : राप्रपा पूर्व अध्यक्ष राणा

महाधिवेशनमा उठाउनुपर्ने विषय बेमौसममा उठाउनु अनुपयुक्त : राप्रपा पूर्व अध्यक्ष राणा

नेपालखबर
भदौ २, २०८० शनिबार २१:३५, काठमाडौँ

राप्रपाका पूर्व अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद पशुपतिशमशेर जबराले आम जनताले राप्रपाबाट ठूलो अपेक्षा राखेकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राणाले महाधिवेशनमा उठाउनुपर्ने विषय बेमौसममा उठाउनु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्। 

‘महाधिवेशन आउन ३ वर्ष अझै बाँकी छ, सानातिना कुरामा अल्झिएर देश, जनता र पार्टीप्रतिको जिम्मेवारी पूरा गर्न चुक्नु हुँदैन र मूल लक्ष्य प्रभावित गर्नु हुँदैन,’ राणाले भने। 

पूर्व अध्यक्ष राणाले राप्रपा नेपाल परित्याग गरेका केन्द्रीय सदस्यहरू प्रबल नरसिंह राणा, शम्भु खड्का, गोविन्दमान सिंह डंगोल, सरिता राणा, सुमन प्रताप जबरा, काठमाडौं क्षेत्र नं ५ का विनायक खड्का, प्रमेश केसी, मोहन केसी, सुदर्शन विक्रम शाह, पारस ठकुरी, भुपेन्द्र सिंह ठकुरी लगायत विभिन्न राजनीतिक दलका ११५ जनालाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरे।

कार्यक्रममा राप्रपाको बागमती प्रदेश प्रमुख विक्रम बहादुर थापा, राप्रपा नेता राजाराम श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले विगतमा संगै काम गरेका साथीहरूलाई पुनः राप्रपामा जोड्दै पार्टीले लिएको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .