नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज (आइतबार)बाट सुरु हुँदै छ।
भोलिसम्म चल्ने बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारबारे छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
आजबाट सुरु हुन लागेको पोलिटब्युरो बैठकको व्यवस्थापनको तयारीबारे शनिबार सचिवालयमा छलफल भएको थियो।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले बैठकमा वर्तमान परिस्थितिबारे सम्बोधन गर्ने कार्यसूची छ।
पोलिटब्यूरो बैठकपछि यहि भदौ ५, ६ र ७ गते एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठकले महाधिवेशनबारे निर्णय लिने नेताहरूले बताएका छन्।
33
Shares
प्रतिक्रिया