साउन १० गतेदेखि जारी संसद्को अवरोध हटाउने कुरामा अझै पनि दलहरुबीच सहमति हुन सकेका छैनन्।
आइतबार सभामुख देवराज घिमिरेको पहलमा बसेको सदनका सत्ता र प्रतिपक्षी दलका सांसदहरुको छलफलका क्रममा एमालेले आफ्नो अडान नछाडेको हो।
बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले साउन ३ गते बरामद भएको ६० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म अघि बढ्न नसकिने बताए।
‘अहिले आन्तरिक छलफलमै छौँ। तर उच्चस्तरीय समिति नबनेसम्म हामी अघि बढ्न सक्दैनौँ’, उनले भने, ‘सुन प्रकरणमा एमाले उच्चस्तरीय समितिबाट दायाँ बायाँ हुँदैन।’
उनले यति लामो समयसम्म सदन बन्धक बनाउन नहुने पनि बताए। ‘सुन तस्करीमा उच्च तहको संलग्नता रहेको कुरा आइरहेको छ’, उनले भने, ‘एमालेले उठाएको जायज माग सुन्न सरकार तयार भए सदन रोकिँदैन।’
27
Shares
प्रतिक्रिया