सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन निरन्तर कोसिस गरे पनि सफल हुन नसकेको बताएका छन्।
आइतबार सिंहदरबारमा सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतहरुसँगको बैठकका क्रममा उनले यस्तो बताएका हुन्।
बैठकमा सभामुख घिमिरेले निकासका विकल्प खोजिरहे पनि दलहरुबीच सहमति नबनेसम्म आफूले यसै गर्नुपर्छ भन्ने अवस्था नरहेको पनि उल्लेख गरे।
‘प्रधानमन्त्रीसँग नजिक रहेर निकास दिने कोसिस गरिरहेको छु’, उनले बैठकमा भने, ‘सदनलाई यसरी लामो समय बन्धक राखिरहनु पर्दैन।’
सभामुख घिमिरेले सदनमा अवरोधबाट आफूहरुले प्रधानमन्त्रीदेखि राष्ट्रपतिसँग पनि छलफल गरिसकेको कुरा बैठकमा सुनाए।
घिमिरेले आजै प्रधानमन्त्रीको पहलमा बस्ने सर्वदलीय बैठकले निकास निकालेर सदन सदन अघि बढ्न सक्ने विश्वास लिए।
‘सभापतिहरुको चयन पनि अझै बाँकी रहेको छ’, उनले भने, ‘अब अहिलेको समस्याको निकास निकालेर अघि बढ्नु उचित हुन्छ।’
Shares
प्रतिक्रिया