ad ad

राजनीति


बस्दै नबसी मंगलबारसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

बस्दै नबसी मंगलबारसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

नेपालखबर
भदौ ३, २०८० आइतबार १५:८, काठमाडौँ

प्रतिनिधिसभा बैठक बस्दै नबसी मंगलबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ। 

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको सभामुखको सचिवालयले सूचना टाँस गरी जानकारी गराएको छ। 

गतत १० साउनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् लगातार अवरोध गर्दै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुनर्पे माग राख्दै एमालेले संसद्मा अवरोध गर्दै आएको हो। 

संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक प्रयास गरिरहेका छन्।

आइतबार पनि सिंहदरबारमा प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त ७ दलसँग छलफल गरेका थिए। 

बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले दलका उपनेता नेम्वाङ र पमुख सचेतक गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपप्रधान तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

आजको बैठकमा सहमति नजिक पुग्नेगरी छलफल भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। 

‘आजको छलफल भित्रि इस्युमा पनि भयो। सकारात्मक भएको छ। यसलाई निरन्तरता दिनुपर्छ,’ नेम्वाङले भने।

दलहरूभित्र छलफल गरेर पुनः सोमबार सर्वदलीय बैठक बस्ने पनि उनलेल जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .