ad ad

राजनीति


सुन तस्करीको अनुसन्धान सीआईबीले नै टुंगोमा पुर्‍याउँछ : गृहमन्त्री

सुन तस्करीको अनुसन्धान सीआईबीले नै टुंगोमा पुर्‍याउँछ : गृहमन्त्री

नेपालखबर
भदौ ३, २०८० आइतबार १६:३४, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने दाबी गरेका छन्। 

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पु¥याउने दाबी गरेका हुन्। 

संसद् गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको पनि उनले जानकारी दिए। 

‘संसद्को अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो। राम्रोसँग छलफल भएको छ, आज नै निष्कर्षमा पुगेको छैन। तर छलफल सकारात्मक छ। हामीलाई विश्वास छ, भोलिसम्ममा निष्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ,’ उनले भने, ‘सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको छ। सीआईबीले नै यसलाई टुंगोमा पु¥याउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .